नवीनतम सूचनाहरू
प्रधानाध्यापकको सन्देश

प्रधानाध्यापकको सन्देश

झारसाँदी इङ्ग्लिस बोर्डिङ स्कुलमा तपाईंलाई स्वागत छ। JEBS मा हामी शिक्षा भनेको दक्षता र चरित्र दुवै निर्माण गर्ने प्रक्रिया हो भन्ने विश्वास गर्छौं। प्रत्येक बालबालिकाले अनुशासित, उत्साहप्रद र धैर्यपूर्वक मार्गदर्शन गर्ने विद्यालय पाउनुपर्छ।

हाम्रो प्रतिबद्धता भनेको सुदृढ कक्षाकोठा अभ्यास, व्यावहारिक Project, डिजिटल exposure, सह-पाठ्यक्रम गतिविधि र अभिभावकसँगको निकट समन्वयमार्फत विद्यार्थीहरूलाई अघि बढाउनु हो। हामी हाम्रा विद्यार्थीहरूलाई जिम्मेवार, जिज्ञासु र आत्मविश्वासी बन्न सहयोग गर्न चाहन्छौं।

नयाँ शैक्षिक सत्रका लागि तयार गरिएको सिकाइ वातावरण प्रत्यक्ष अनुभूति गर्न परिवारहरूलाई विद्यालय भ्रमण गरेर हाम्रो टोलीसँग भेट्न आमन्त्रण गर्दछु।